Techie IT
×
गृहपृष्ठप्रदेशचितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु


चितवन, १२ भदौ । चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमित एक जनाको आज मृत्यु भएको छ ।

हेटौँडा–१९ मकवानपुर घर भएकी ७१ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ६ः५० मा ज्यान गएको अस्पतालले जनाएको हो । गत भदौ ७ गते श्वासप्रश्वाससम्बन्धी समस्याले मेडिकल कलेज आएकी ती महिलाको परीक्षणका क्रममा कोभिड–१९ पुष्टि भएको मेडिकल कलेजक निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

यसै गरी चितवन मेडिकल कलेजको कोरोना ल्याबमा आज थप १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात सय २७ जनाको स्वाब परीक्षण गरिएको थियो । हाल चितवन मेडिकल कलेजमा ४२ जना कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् । जसमध्ये २० जनाको अवस्था गम्भीर रहेको चितवन मेडिकल कलेजले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस