बागलुङ, १२ भदौ । कोरोना सङ्क्रमण रोकथाम तथा कन्ट्याक्ट टेसिङलाई सहज बनाउन बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कारबाही गर्न थालेको छ ।
निषेधाज्ञाको नियम पालना नगरी मास्कको प्रयोग नगरी बिना काममा लखरलखर हिँड्नेलाई जिल्ला प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले सडकमै कारबाही स्वरुपमा कुखुरा बन्न लगाउने तथा उठबस गरी सम्झाईबुझाई छोड्न थालेको हो ।
प्रशासनले बिहीबार मात्र दुईवटा चार पाङग्रे सवारी, छवटा पसल तथा २१ जनालाई कारबाही गरेको सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए । समुदायमा कोरोना सङ्क्रमण दैनिक देखिन थालेका छन्’ उनले भने, ‘सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना प्रहरीलाई गरिदिने जस्तो गरेका छन् ।’
प्रशासनले तोकेको समय सीमाभन्दा बढी समय पसल खोलेर भिडभाड गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । प्रहरीले यसअघि ४० वटा सवारी नियन्त्रणमा लिएर प्रहरी परिसरमै राखेको छ । निषेधाज्ञाको अन्त्य भएपछि जरिवाना गरेर मात्रा सवारी फिर्ता दिइनेछ ।
सबैको सहयोग र सचेतनाले मात्र महामारी जित्न सकिन्छ’ सूचना अधिकारी पन्तले भन्नुभयो, ‘कडा भएन भनेर प्रशासनलाई गाली गर्नेहरूले नै निषेधाज्ञाको उल्लङ्घन गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले दैनिक रुपमा बजारमा गस्ती थालेका छन्।
बिहीबार विशेष गरी बागलुङ प्रवेशद्वार मालढुङ्गा, कालिका मन्दिर परिसर तथा बागलुङ–पर्वत जोड्न् लामो झोलुङ्गे पुल क्षेत्रमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा मास्कबिना हिँड्ने युवा, सवारी चालकलाई सडकमै कुखुरा बन्न लगाएर आगामी दिनमा निषेधाज्ञा नियमको पालना गर्ने कबुलका साथ छोडिएको थियो । बजारको नियमित अनुगमन तथा कारबाही जारी रहने सूचना अधिकारी पन्तको भनाइ छ । गोरखापत्रबाट
क्याटेगोरी :
प्रदेश,
गण्डकी प्रदेश
ट्याग : #baglung,
#hot,
#निषेधाज्ञा