प्लाज्मा थेरापीबाट उपचाररत महिलाको बुटवलमा मृत्यु
बुटवल, ११ भदौ । प्लाज्मा थेरापीको माध्यमबाट उपचार थालिएकी कोरोना सङ्क्रमित एक महिलाको बिहीबार बिहान बुटवलमा मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरकी ७० वर्षीया महिलाको बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले ती महिला थाईराइड र उच्च रक्तचापको समेत बिरामी रहेको र उहाँको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको जानकारी दिए ।
उनलाई यही सोमबार पहिलोपटक प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको थियो ।
प्रवक्ता डा. गौतमले बुधबारसम्म उनको स्वास्थ्यमा सुधार देखिएपनि रातिदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । डा.गौतमका अनुसार उनलाई बिहीबार थप प्लाज्मा दिने तयारी भइरहेको थियो ।
साउन २६ मा कोरोना सङ्क्रमण पुष्टि भएको ती महिलाको साउन ३१ गते अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।
क्याटेगोरी :
प्रदेश,
लुम्बिनी प्रदेश
ट्याग : #breaking,
#Corona