Techie IT
×
गृहपृष्ठप्रदेशवीरगञ्जमा तीन जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा तीन जना कोरोना संक्रमितको मृत्यु


वीरगञ्ज, ११ भदौ । वीरगञ्जका विभिन्न अस्पतालमा उपचारका क्रममा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जको विभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितमध्ये बिहीबार बिहान दुई जना र बुधबार राति एक जना गरी थप तीन जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता एवम् सूचना अधिकारी डा. अतुलेश चौरसीयाले बताए ।

बिहीबार बिहान वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड विशेष अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नं। १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यस्तै बिहीबार बिहान नै नारायणी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित बाराको सुवर्ण गाउँपालिका वडा नं। ४ हर्दिया गाउँकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको हो ।
त्यसअघि बुधबार साँझ नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत पर्साको धोबनी गाउँपालिका वडा नं। ३ गुलरीया गाउँका ७२ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको थियो । यसरी वीरगञ्जको विभिन्न अस्पतालमा पर्साका दुई र बाराका एक गर्भवती महिला गरी थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

साउन ३० गते कोरोना सङ्क्रमण पुष्टि भएका वीरगञ्ज महानगरपालिका वडा नं १४ बहुअरीका ६२ वर्षीय पुरुष त्यही दिन वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड विशेष अस्पतालमा भर्ना भई उपचाररत थिए । मिर्गौला रोगी रहेका ती पुरुषमा निमोनियाको समस्या देखिएको र उपचारका क्रममा बिहीबार बिहान ८ बजेर १० जाँदा मृत्यु भएको डा. चौरसियाले बताए

त्यस्तै पर्साको धोबनी गाउँपालिका वडा नं। ३ गुलरिया गाउँका ७२ वर्षीय सङ्क्रमित पुरुषको बुधबार साँझ ६ बजे नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका ती वृद्धमा भदौ ८ गते पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

त्यस्तै वीरगञ्जकै नारायणी अस्पतालमा उपचाररत कारोना सङ्क्रमित बाराकी एक ३३ हप्ताको गर्भ रहेकी गर्भवती महिलाको बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। चौरसीयाले बताउनुभयो । भदौ ८ गते स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि नारायणी अस्पतालमा ल्याइएकी ती गर्भवती महिलाको स्बाव सङ्कलन गरी पीसीआर परीक्षण गर्दा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताए।

पछिल्ला थप तीन जनाको मृत्युसँगै पर्सामा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४५ जनामध्ये एक बेवारिसे युवकसहित पर्साका ३३ जना, बाराका १० जना र रौतहटका दुई जना रहेका छन् ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस