Techie IT
×
गृहपृष्ठप्रदेशपाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु


ललितपुर, ११ भदौ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

अस्पतालका निर्देशक डाक्टर रवी शाक्यका अनुसार उनको गएराति कोभिड वार्डमा निधन भएको र स्वाब संकलन गरेर परीक्षण गर्दा आज विहान रिर्पोट पोजेटिभ आएको छ।

स्वास्थ्यमा समस्या आएपछि गत भदौ ९ गतेदेखि उनलाई आइसियुमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस