Techie IT
×
गृहपृष्ठप्रदेशधुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु


काभ्रे, १० भदौ । धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–८ निवासी ५५ बर्षीय पुरुषको मंगलबार राती ११ः५५ मा मृत्यु भएको जानकारी दिए । मुटु र थाइराईड रोगको उपचारका लागि तीन दिन अघि उनी धुलिखेल अस्पताल आएका थिए ।

उनको उपचार कै क्रममा मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ । उनको शवलाई नेपाली सेनाले पशुपतिमा रहेको बिद्युत्तिय शवदाह गृहमा अन्त्येष्टी गर्ने तयारी भएको झाले जानकारी दिए । यो सँगै धुलिखेल अस्पतालमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ । धुलिखेलका ९८ बर्षीय जेष्ठ नागरिक, सिन्धुपलाञ्चोककी सुत्केरी महिलालाई उपचार हुन नपाउँदै मृत्यु भएको थियो ।

जिल्लामा कोरोना सङक्रमितको सख्या १६३ पुगेको छ । जसमा ६३ जना निको भएर घर फर्कीएका छन भने बाँकी ९८ जना विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन । काभ्रेपलञ्चोकमा कोरोना संङक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस