Techie IT
×
गृहपृष्ठप्रदेशबारामा दुईजना कोरोना सङ्क्रमितकोे ज्यान गयो

बारामा दुईजना कोरोना सङ्क्रमितकोे ज्यान गयो


बारा, १० भदौ । बारामा दुईजना कोरोना सङ्क्रमितकोे ज्यान गएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराउँदै आएका कलैया उपमहानगरपालिका–१ र विश्रामपुर गाउँपालिका–१ छतवाका एक गरी दुईजना पुरुषको गएराति ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

कलैया उपमहानगरपालिकाका पुरुषलाई भदौ दुई गते श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएपछि गण्डक अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो ।

विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषलाई पनि श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरो आएपछि भदौ नौ गते मंगलबार पीसीआर जांच गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएकोमा गएराति ज्यान गएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस