Techie IT
×
गृहपृष्ठप्रदेशजसपाले प्रदेश नं २ का मुख्यमन्त्री फेर्ने !

जसपाले प्रदेश नं २ का मुख्यमन्त्री फेर्ने !


काठमाडौं, ७ भदौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत फेरिने भएका छन् । राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपालले २ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।

जसपा नेपालका एक सांसदका अनुसार जसपाको २ नम्बर प्रदेशको संसदीय दलको अब चुनिने नेता नै मुख्यमन्त्री बन्नेछन् । अहिलेका मुख्यमन्त्री राउत संसदीय दलको नेता नबन्ने निश्चित् रहेको बुझिएको छ । मुख्यमन्त्री बन्ने दौडमा हालका भौतिक मन्त्री जितेन्द्र सोनलको दौडधुप चलेको छ ।

राउत तत्कालिन समाजवादी पार्टी, नेपालका सांसद हुन् । र, सोनल भने तत्कालिन राजपा नेपालका सांसद हुन् । २ नम्बर प्रदेशमा यसअघि पनि गठबन्धनको सरकार ढल्ने चर्चा चलेको थियो । तर, अहिले दुई पार्टीबीच एकता भएको छ । अब एउटै दलको सरकार बन्ने भएको हो ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश, राजनीति
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस