Techie IT
×
गृहपृष्ठप्रदेशसोलुखुम्बुको रमितेमा प्रहरीमाथि दुव्र्यवहार

सोलुखुम्बुको रमितेमा प्रहरीमाथि दुव्र्यवहार


सोलुखुम्बु, ८ भदौ । सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ रमितेमा प्रहरी टोलीमाथि दुर्व्यवहार भएको छ । रमितेको एक होटलमा जाँडरक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेको प्रहरीमाथि कुटपिट भएको हो ।

प्रहरी निरीक्षक मन्दिप चौहानकाअनुसार आइतबार दिउँसो साढे ३ बजेको समयमा स्थानीय सन्तोष खड्काको होटलमा होहल्ला गर्नेलाई सम्झाउन पुगेका प्रहरीलाई ६ जना युवाको समूहले कुटपिट गरेका हुन् ।

ती युवाले प्रहरी सहायक निरीक्षक सरयुग महतोको सिठीसमेत चुँडाइदिएका छन् । सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बुले प्रहरी सहायक निरीक्षकसहित ३ जना प्रहरीमाथि दुर्व्यवहार भएको बताए ।

प्रहरीलाई कुटपिट गर्ने पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका ६ ओखलढुंगाका विजय मगर, सोलुदूधकुण्ड नगरपालिका ८ बस्ने शेरबहादुर मगर, भीमबहादुर मगर, सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ बस्ने चन्द्रबहादुर मगर, मोहन कार्की र फुर्वा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

रमितेमा बैंक तथा वित्तीय संस्था खुलेसँगै आर्थिक गतिविधि बढेपछि अपराधिक घटना हुन सक्ने भन्दै गएको साउन १२ गते अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको थियो ।


क्याटेगोरी : प्रदेश, प्रदेश १
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस