Techie IT
×
गृहपृष्ठप्रदेशकाठमाडौं उपत्यकामा २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण


काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा १६६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा १६६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले दैनिक नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडौंमा एक सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी पछिल्लो चौबीस घण्टामा १६६ जना सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार २६ जनाको स्वाब परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकाको त्रिवि शिक्षण अस्पताल–महाराजगञ्ज, विरेन्द्र अस्पतालबाट कोभिड–१९ को परीक्षण गराउनेको तथ्याङ्क उपलब्ध नभएकोले पीसीआर संख्या घटेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

काठमाडौं उपत्यकामा शनिबार हालसम्मकै सबैभन्दा बढी २१६ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस