गृहपृष्ठ ∕
प्रदेश ∕
प्रहरी वृत्त महाराजगञ्जका थुनुवा र पाँच प्रहरीमा कोरोना पुष्टि
प्रहरी वृत्त महाराजगञ्जका थुनुवा र पाँच प्रहरीमा कोरोना पुष्टि
काठमाण्डौ, ६ भदौ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिए ।
थुनुवा र प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि अरुको पनि परीक्षण भइरहेको उनले बताए। सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा पठाइएको छ ।
सङ्क्रमण पुष्टि भएका प्रहरी थुनुवाको सम्पर्कमा आएका थिए ।
क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश,
स्वास्थ्य
ट्याग : #breaking,
#Corona