Techie IT
×
गृहपृष्ठप्रदेशकोरोना सङ्क्रमणका कारण पर्सामा थप दुईको मृत्यु

कोरोना सङ्क्रमणका कारण पर्सामा थप दुईको मृत्यु


पर्सा, ६ भदौ । कोरोनाका भाइरस सङ्क्रमणका कारण पर्सामा थप दुईको ज्यान गएको छ ।

वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षका पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षका पुरुषको कोरोना सङ्क्रमणका ज्यान गएको हो ।

५८ वर्षका पुरुषको नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनको अस्ति ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा हिजो रिपोर्टमा पोजेटिभ आएको थियो ।

कुनै पनि ट्राभल हिस्ट्री नभएका उनमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । यस्तै अस्ति ४ गते उपचारका लागि अस्पताल भर्ना भएका ६१ वर्षका पुरुषको बिहान सवा ७ बजे ज्यान गएको डाक्टर निरज सिंहले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश
ट्याग : #Corona, #hot


प्रतिक्रिया दिनुहोस