Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा दुई कोरोना संक्रमितको मृत्यु


काठमाडौँ, ५ भदौ । काठमाडौँमा कोरोनाभाइरस सङ्क्रमित थप दुई बिरामीको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत दुई जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुका निर्देशक डा. प्रवीण नेपालले मृतक काठमाडौँ बालुवाटार र सप्तरी राजविराजका गरी दुई जना पुरुष रहेको जानकारी दिए। “हिजो साँझ होम आइसोलेसनमा अवस्था जटिल भएपछि बालुवाटारबाट अस्पताल ल्याइएका ७६ वर्षीय पुरुषको अस्पताल भर्ना गरिएको एक घण्टाभित्रै मृत्यु भएको हो ।” डा. प्रवीण नेपालले भने । बालुवाटारका कोभिड–१९ बिरामी करिब छ दिनदेखि ‘होम आइसोलेसन’मा बसेका थिए । उनी ७६ वर्षीय पुरुष हुन् ।

सप्तरीका राजविराजका ७७ वर्षीय वृद्धलाई समेत बिहीबार नै बलम्बु अस्पताल पुर्याइएको थियो । सप्तरीबाट ३० गते उपचारका लागि काठमाडौँ ल्याइएका बिरामीको ग्रीनसिटी अस्पतालमा भर्ना गरिएको थियो । साउन ३२ गते कोभिड–१९ को पुष्टि भएपछि उपचारकै क्रममा अवस्था जटिल भएपछि पाइपसहित भदौ ४ गते बलम्बु अस्पताल ल्याइएको डा। नेपालले जानकारी दिए। “साँझ नै भेन्टिलेटरमा राखेर उपचार सुरु गरियो, आज बिहान दश बजे करिब उहाँको निधन भयो ।”, डा। प्रवीण नेपालले भने ।

दुवै जनाको शव व्यवस्थापनको लागि नेपाली सेनाको जिम्मा लगाइएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #Corona, #hot

प्रतिक्रिया


ताजा अपडेट