Techie IT
×
गृहपृष्ठप्रदेशनिषेधाज्ञा अवज्ञा गर्ने १७ सय मानिस प्रहरी ‘होल्ड’मा, नौ सय सवारी साधन नियन्त्रणमा

निषेधाज्ञा अवज्ञा गर्ने १७ सय मानिस प्रहरी ‘होल्ड’मा, नौ सय सवारी साधन नियन्त्रणमा


काठमाडौं, ४ भदौ । निशेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी प्रभागका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा निषेधाज्ञाको पूर्ण रुपमा पालना भएको जानकारी दिए । निषेधाज्ञामा पनि बाहिर हिडडुल गर्ने काठमाडौका ४३७ जना, ललितपुरका ४९८ जना र भक्तपुरमा २३५ जनालाई होल्डमा राखेको हो ।

उपत्यकाको सडकमा मात्रै निशेधाज्ञाको पूर्ण रुपमा कार्यान्वयन गराउन ३३ सय प्रहरी परिचालन भएको एसएसपी यादवले जानकारी दिए । यादवका अनुसार अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ ।
त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले यो कार्य निरन्तर हुने बताए । कोभिड नियन्त्रण भन्दा बाहिर जान नदिन प्रहरीले प्रयास गरिरहेको उनले बताए ।

उपत्यकामा भाद्र ४ गते देखि १० गतेसम्मको लागि जारी गरेको निषेधाज्ञा पहिलो दिन बिहीबार काठमाडौ,भक्तपुर र ललिलपुरमा पुर्णरुपमा पालना गराउन प्रहरी सकृय भएको उनले बताए ।

भक्तपुर जिल्लामा मनहरा पुलदेखि साँगासम्म सवारी साधनहरुको भिड हुने भएकाले निशेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ । भक्तपुरमा प्रहरीले विना काम हिडडुल गर्ने २३५ जनालाई प्रहरीले दुई घन्टासम्म होल्डमा राख्ने गरेको छ ।

महानगरीय प्रहरी वृत जगातीका डिएसपी चक्रराज जोशीले बिना काम बाहिर निस्कनेहरुलाई दुई घन्टा होल्डमा राखिएको जानकारी दिए । बिना पास र अत्यावश्यक सेवा बाहेकले हिड्ने सवारी साधनहरुलाई समेत प्रहरीले होल्डमा राखेको छ ।

काठमाडौंका मुख्य सडक तथा शाखा सडकहरुमा अतिआवश्यक कामका बाहेक अन्य सवारी साधनहरु संचालन भएका छैनन् । उपत्यकामा प्रवेश गर्ने साँगा, थानकोट नाकामा निक्कै कडाइ गरिएको प्रहरीले जनाएको छ । पहिलो दिने भएकाले निषेधाज्ञा उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने एसएसपी यादवले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #Corona, #hot, #lockdown


तपाईको प्रतिक्रिया दिनुहोस