Techie IT
×
गृहपृष्ठप्रदेशधरानमा एक जना कोरोना संक्रमितको मृत्यु

धरानमा एक जना कोरोना संक्रमितको मृत्यु


विराटनगर, ३ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पुनः एक जना कोरोना सङ्क्रमितको निधन भएको छ । सुनसरीको धरान–१५ निवासी ७१ वर्षीया महिलाको निधन भएको हो ।

साउन २४ गते बीपी भएकी महिलाको एन्फा क्वारेन्टीनमा २३ गते स्वाब लिइएको थियो । स्वाब परीक्षणमा पोजिटिभ आएपछि अस्पतालमै उपचारत रहेको अवस्थामा आज ११ः१५ बजे मृत्यु भएको बीपीका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

दम र मुटुको दिर्घरोगी महिलामा अस्पताल भर्नाकै चरणमा श्वास फेर्न समस्या, खोकी र ज्वरो देखिएको थियो । मृतक महिलाको शव नियमानुसार व्यवस्थापन हुने काम भइरहेको बताइएको छ ।

मङ्गलबार पनि मोरङको बुढीगङ्गा–२ की ६७ वर्षीया महिलाको निधन भएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ । प्रदेश १ मा उपचारका लागि भर्ना भएका प्रदेश २ का चार जना नागरिकको समेत बीपीमै मृत्यु भइसकेको छ ।


क्याटेगोरी : प्रदेश, प्रदेश १
ट्याग : #breaking, #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस