Techie IT
×
गृहपृष्ठप्रदेशराष्ट्रिय झण्डा जलाएर यु ट्युवमा भिडियो हाल्ने ८ जना पक्राउ

राष्ट्रिय झण्डा जलाएर यु ट्युवमा भिडियो हाल्ने ८ जना पक्राउ


काठमाडौं, ३ भदौ । यु ट्युवमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संम्लग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुशन्धान व्यूरो र महानगरीय अपराध महाशाखाको टोलिले झण्डा जलाउने कार्यमा संम्लग्न आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुशन्धान व्यूरोले जनाएको छ ।

गीत सार्वजनिक गरेपछि काठमाडौंको स्वयम्भुमा लुकेर बसेको अवस्थामा प्रहरीले छ जनालाई सीबीआइको टेलीले पक्राउ गरेको हो । गीतको परिकल्पनाकार मकवानपुरको वागमती गाउँपालिका वडा नं ३ का ग्याल्जेन शेर्पा सहित आठ जनालाई पक्राउ गरेको सिआइबी स्रोतले बताएका छ ।

पक्राउ परेका अरुको नाम र ठेगाना अझै सार्वजनिक गरिएको छैन । पक्राउ परेका अधिकाशं काभ्रेपलाञ्चोक जिल्लाका रहेको प्रहरी स्रोतले बतायो । सिआइबीले केही समयमै पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर पठाउने तयारी गरेको छ । सिआइबीको टोलीले गीतमा देखिएका र झण्डा जलाउने कार्यमा संम्लग्न छ जनालाई र दुई जना महानगरी अपराध महाशाखाले गरी आठ जनालाई पक्राउ गरेको हो ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #hot


प्रतिक्रिया दिनुहोस