Techie IT
×
गृहपृष्ठप्रदेशधुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु


काभ्रे, २ भदौ । कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा आज विहान एक वृद्धको मृत्यु भएको छ।

धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #Corona, #hot


तपाईको प्रतिक्रिया दिनुहोस