Techie IT
×
गृहपृष्ठप्रदेशपाल्पाको रामपुर नगरपालिका आज रातिदेखि लकडाउन

पाल्पाको रामपुर नगरपालिका आज रातिदेखि लकडाउन


पाल्पा, २ भदौ । पाल्पाको रामपुर नगरपालिकामा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । नगरपालिकाको बैठकले मङ्गलबार राति १२ बजेदेखि भदौ १२ गते सम्मको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा यातायात तथा बजार खुला भएपछि भिडभाड बढेको, भारत तथा तेस्रो देशबाट घर फर्किनेको सङ्ख्या थपिँद गएकाले कोरोना सङ्क्रमणको जोखिम बढेपछि नगरभित्र लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

लकडाउन अवधिमा अत्यावश्यक सेवा औषधि, तरकारी र दुग्धजन्य पसलह बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने जनाइएको छ । बैंक तथा वित्तीय संस्था पनि बिहान ११ देखि दिउँसो १ बजेसम्म खुला हुनेछन् । यसैगरी एम्बुलेन्स बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ ।
रामपुर नगरभित्र एक सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएप उनीहरु सबै निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, स्वास्थ्य
ट्याग : #Corona, #hot, #lockdown

प्रतिक्रिया दिनुहोस