गृहपृष्ठ ∕
प्रदेश ∕
वीरगञ्जमा कारोनाबाट थप एक जनाको मृत्यु, पर्सामा कोरोनाबाट मर्नेको संख्या २० पुग्यो
वीरगञ्जमा कारोनाबाट थप एक जनाको मृत्यु, पर्सामा कोरोनाबाट मर्नेको संख्या २० पुग्यो
पर्सा, ३१ साउन । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । हिजो बेलुकी वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षका पुरुषको ज्यान गएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ गते वीरगञ्ज महा नगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका ती पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या रहेको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ भने नेपालमा सय जनाको ज्यान गएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६ सय १३ को पीसीआर परीक्षण गर्दा २५ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये १९ हजार ७७ जना निको भएका र ७ हजार ३ सय ७५ जना आइसोलेशनमा छन् । १४ हजार ६ सय ३८ जना भने क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी :
प्रदेश,
मधेस प्रदेश
ट्याग : #breaking,
#Corona