Techie IT
×
गृहपृष्ठप्रदेशमुख्यमन्त्री पौडेल सिन्धुपाल्चोकमा

मुख्यमन्त्री पौडेल सिन्धुपाल्चोकमा


काठमाडौं, ३१ साउन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोली सिन्धुपाल्चोक प्रस्थान गरेको छ । सिन्धुपाल्चोकको पहिरो बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री पौडेल सहितको टोली हेलिकोप्टरमार्फत प्रस्थान गरेको हो ।

मुख्यमन्त्री पौडेलको नेतृत्वमा प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशसभा सदस्य शरेश नेपाल लगायत प्रस्थान गरेका छन् । जुगल गाउँपालिकाको लिदीमा भएको पहिरो प्रभावितका लागि स्वास्थ्य सामाग्री, राहत सामग्री तथा अत्यावश्यक सामग्री सहित त्यसतर्फ गएका हुन् ।

प्रदेशका प्रमुख सचिव मानबहादुर बिक, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त लामा, प्रदेश प्रहरी प्रमुख, नेपाली सेनाका प्रतिनिधि लगायत त्यसतर्फ प्रस्तथान गरेका हुन् । लिदी पहिरोमा परेका ज्यान गुमाएका परिवारलाई राहत तथा अन्यको पुनःस्थापनाका लागि सरकारको तर्फबाट अध्ययन गर्नेगरी टोली सिन्धुपाल्चोक हिँडेको हो ।

साथै, स्थानीय तहको समन्वय र प्रभावित पीडितसँगको सल्लाहमा प्रदेश सरकारले उपयुक्त स्थानमा एकीकृत बस्ती बनाउनेगरी घोषणा पनि हुनेछ । सामाजिक विकास मन्त्री दुलालका अनुसार उपयुक्त स्थान उपलब्ध भएको ठाउमा एकीकृत बस्ती बनाउने कुराको घोषणा समेत हुनेछ । टोलीले राहत र उद्धारमा तत्काल गर्नुपर्ने कामका अलवा बस्तीको संरक्ष र सुरक्षित आवासको पुनः निर्माणको संभावना बुझेर स्थानीय तहको समन्वय र प्रभावित र पीडितले चाहेमा त्यहाँ पनि प्रदेश सरकारले उपयुक्त स्थान उपलब्ध भएको ठाउँमा एकीकृत बस्ति बनाइने छ ।

बागमती प्रदेश सरकारले बाढी पिडितलाई सुरक्षित स्थानमा पुरै घर प्रदेश सरकारले नै निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #dormani paaudel, #hot, #landslide, #पहिरो, #बाढी पहिरो


तपाईको प्रतिक्रिया दिनुहोस