गृहपृष्ठ ∕
प्रदेश ∕
सिन्धुपाल्चोक पहिरो अपडेट : ३५ जना बेपत्ता, सभामुख सापकोटा घटनास्थलमा
सिन्धुपाल्चोक पहिरो अपडेट : ३५ जना बेपत्ता, सभामुख सापकोटा घटनास्थलमा
काठमाडौँ, ३० साउन । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ स्थित लिदीगाउँमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएका छन् ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोमा परेर पुरिएका कसैको पनि शव अहिलेसम्म निकालिएको छैन।
यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि चौतारा लगिएको छ ।
राससका अनुसार सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरूको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ । पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ । जिल्लास्तरबाट घटनास्थलमा टोली जाँदै छ ।
बिहान ६ बजे उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए । उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।
उनका अनुसार अब केही बेरमा सेनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गर्दैछ । घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन । यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् ।

क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश
ट्याग : #flood,
#hot,
#landslide,
#sindhupalchowk,
#पहिरो,
#बाढी पहिरो