Techie IT
×
गृहपृष्ठप्रदेशवीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि

वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २९ साउन । वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार गरिएको परीक्षणको क्रममा ती नर्समा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ। सोमबारसम्म इमर्जेन्सीमा कार्यरत ती नर्सका पतिमा संक्रमण देखिएपछि बुधबार प्राइमरी कन्ट्याक्टको रुपमा उनको परीक्षण गरिएको थियो ।

नर्स अस्पताल नभएकोले हाल वीर अस्पतालको इमर्जेन्सी शिल नगरिएको समेत अस्पताल स्रोतले जनाएको छ। तर क्लोज कन्ट्याक्टमा रहेका अरु स्टाफहरुलाई क्वारेन्टिनमा पठाउने र पीसीआर परीक्षण गर्ने तयारी भएको बताइएको छ। वीर अस्पतालमा अहिलेसम्म तीन जना चिकित्सक र एक जना सवारी चालकमा कोरोना संक्रमण देखिएको छ।

अस्पतालमा अहिले तीन जना संक्रमित बिरामीको उपचार भइरहेको र एक जना चिकित्सकको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, स्वास्थ्य
ट्याग : #bir hospital, #breaking, #Corona


प्रतिक्रिया दिनुहोस