Techie IT
×
गृहपृष्ठप्रदेशजनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु


जनकपुर, २८ साउन। जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । पछिल्लो तीन सातायता मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए ।

जनकपुरधाममै रहेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो । उनका छोरा डा. सन्तोष गिरीका अनुसार उनी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए ।

परिवारका सदस्य अनुराग गिरीका अनुसार उपचारकै क्रममा राति निधन भएको र शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी गर्दैछ । उपचारकै क्रममा उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको बताइएको छ ।

उनका श्रीमती र दुई छोरा छन्। विक्रम सम्वनत् २०४४/४५ मा जनकपुरधाम नगरपालिकाको मेयरमा निर्वाचित उनी पञ्चायत कालका अन्तिम मेयर थिए।

अष्ट्रेलिया र बेलायतमा रहेका गिरीका दुवै छोरा एक साताअघि मात्रै नेपाल आएका हुन् । वि.सं. २००५ साल साउन २७ गते जन्मिएका गिरीको ७२ वर्ष पूरा भएकै दिन निधन भएको हो ।


क्याटेगोरी : प्रदेश, प्रदेश १
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस