Techie IT
×
गृहपृष्ठप्रदेशमोरङमा ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु

मोरङमा ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु


मोरङ, २८ साउन । मोरङका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले २६ साउनमा कोशी अस्पताल लगेका थिए । कोशीले रेफर गरेपछि धरानमा भर्ना गरिएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ७ पुगेको छ । सातै जना मोरङका हुन् । कोरोनाबाट विराटनगरमा–४ जना, रंगेली नगरपालिकामा १ जना, सुनबर्सी नगरपालिकामा १ जना र बुढीगंगा गाउँपालिकामा १ जनाको मृत्यु भएको हो ।


क्याटेगोरी : प्रदेश, प्रदेश १
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस