Techie IT
×
गृहपृष्ठप्रदेशपाटन अस्पतालमा उपचाररत जनकपुरकी महिलाको कोरोनाले मृत्यु

पाटन अस्पतालमा उपचाररत जनकपुरकी महिलाको कोरोनाले मृत्यु


काठमाण्डौ, २८ साउन । ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षकी महिलाको कोरोनाका कारण ज्यान गएको अस्पतालले जनाएको छ । उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ ।

गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #hot


प्रतिक्रिया दिनुहोस