गृहपृष्ठ ∕
प्रदेश ∕
मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
काठमाडौं, २६ साउन । मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।
कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको सोमबार बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए। उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो।
मृतक पुरूषमा भाइरल निमोनिया र पुरानो मुधमेहको समस्या पनि रहेको गेलालले जनाए। अहिले मृतकको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिएको छ।
योसँग कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ। सोमबारै नै वीरगन्जमा ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो।
क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश
ट्याग : #Corona,
#hot