गृहपृष्ठ ∕
प्रदेश ∕
मोरङ अदालतका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि, नियमित मुद्दाका सुनुवाई स्थगित
मोरङ अदालतका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि, नियमित मुद्दाका सुनुवाई स्थगित
विराटनगर, २६ साउन । जिल्ला अदालत मोरङ का एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षकको सम्पर्क पहिचानमा गर्ने क्रममा कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा न्यायधीशमा कोरोना संक्रमण पुष्टि भएको हो । अदालतमा सूचना अधिकारी युवराज पौडेलका अनुसार न्यायधीशसहित चारजनाको स्वाब संकलन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षकमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कका आधारमा अदालतका चारजनाको स्वाब संकलन गरिएको हो । न्यायधीशमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनको लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
अदालत पूर्ण रूपमा बन्द गरि सेनिटाइज गरिनेछ र सेवाग्राहीका लागि सुरक्षित स्थल बनाएपछि मात्रै अदालतको काम सुचारु हुने भएको छ । नियमित मुद्दाका सुनुवाई स्थगित समेत भएका छन् । जिल्ला अदालत मोरङमा १२० कर्मचारी ४० जना कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
क्याटेगोरी :
प्रदेश,
प्रदेश १
ट्याग : #breaking,
#hot