Techie IT
×
गृहपृष्ठप्रदेशबुढीगंगा नदीमा बाढी, बेलिब्रिज र झोलुङ्गे पुल बगायो

बुढीगंगा नदीमा बाढी, बेलिब्रिज र झोलुङ्गे पुल बगायो


बाजुरा, २६ साउन । बुढीगंगा नदीमा आएको बाढीले बाजुराका विभिन्न बस्ती जोखिममा परेका छन् । बेलिबिज्र र झोलुङ्गे पुल बगेपछि आवतजावतमा समस्या भएको छ ।

बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको हो । घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

उद्धारका लागि प्रहरी टोली जान सकेको छैन । गएराति जिल्लाबाट खटिएको टोली बडिमालिका नगरपालिकाको वडा नम्बर ९ को पहिरोका कारण रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । धेरैपछि बुढीगंगा नदीमा ठूलो बाढी आएको स्थानीय बासिन्दाले बताएका छन् ।


क्याटेगोरी : प्रदेश, सुदूरपश्चिम प्रदेश
ट्याग : #flood, #hot, #landslide, #बाढी, #बाढी पहिरो


तपाईको प्रतिक्रिया दिनुहोस