Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशपोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु


पोखरा, २५ साउन । पोखरामा कोरोना सङ्क्रमित एक जना मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १९ निवासी ६२ वर्षीय पुरुष भएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

मधुमेहको बिरामीसमेत रहेका उनी यही साउन १७ गते अस्पतालमा भर्ना भएको प्रतिष्ठानका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए । उनको हिजो शनिबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको बताइएको छ । योसँगै कास्कीमा कोरोना सङ्क्रमित भई प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ ।


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश
ट्याग : #breaking, #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस