Techie IT
×
गृहपृष्ठप्रदेशयी हुन् काठमाडौं जिल्ला प्रशासनबाट बन्द हुने अत्यावश्यक बाहेकका सेवाहरु…

यी हुन् काठमाडौं जिल्ला प्रशासनबाट बन्द हुने अत्यावश्यक बाहेकका सेवाहरु…


काठमाडौं, २३ साउन । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले शुक्रबार विज्ञप्तिमार्फत साउन २५ गतेदेखि भदौको ८ गतेसम्म अत्यावश्यक बाहेकका अरु सबै सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ ।

नागरिकलाई सामाजिक दुरी कायम राख्न, स्यानिटाइजर प्रयोग गर्न, भिडभाड नगर्न अनुरोध गर्दा पनि अटेर गरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अब नयाँ नागरिकता र प्रतिलिपि वितरण, संस्था दर्ता र नवीकरण, हातहतियार दर्ता र नवीकरण, राहदानी वितरणलगायतका सेवा बन्द भएका छन् ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #Corona, #hot, #kathmandu

प्रतिक्रिया दिनुहोस