Techie IT
×
गृहपृष्ठप्रदेशकाठमाडौं उपत्यका १५ दिनका लागि ‘सट डाउन’ गर्ने तयारी

काठमाडौं उपत्यका १५ दिनका लागि ‘सट डाउन’ गर्ने तयारी


काठमाडौं, २३ साउन । काठमाडौं उपत्यका काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख तथा उद्योग वाणिज्य संघका पदाधिकारीको बैठकले जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा मात्रै प्रदान दिने गरि आइतबारबाट १५ दिनसम्म ुसट डाउनु गर्ने बारेमा छलफल भएको छ ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा ुसट डाउनुको बिषयमा छलफल भएको बताए । यो अवधिमा जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने बिषयमा छलफल भैरहेको भट्टले जानकारी दिए। बैठकमा सरकारी कार्यालयको हकमा कार्यालय प्रमुुखलाई अख्तियारी दिने निर्णय गरेको छ । अन्य के के विषयमा सट डाउन गर्ने हो, त्यसको छलफल भइरहेको छ, प्रजिअ भट्टले भने ।

बैठकमा सवारी साधनमा जोर बिजोर कडाइका साथ कार्यान्वयन गर्ने र मास्क र स्यानिटाइजरको प्रयोग नगर्नेलाई कारवाहीको प्रकृया अघि बढाउने छलफल भएको भट्टले बताए। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले सटडाउन बारे छलफल भएको हो ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #corona lockdown

प्रतिक्रिया दिनुहोस