Techie IT
×
गृहपृष्ठप्रदेशवीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु

वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु


पर्सा, २१ साउनन । वीरगञ्जमा थप एक जना ४६ वर्षीय पुरूषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत् उनको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

वीरगञ्ज १५ निवासी ती पुरूषलाई ज्वरो र खोकीको समस्या देखिएको थियो। त्यसपछि परीक्षण गराउँदा सोमबार उनलाई कोरोना पोजेटिभ देखियो। लगत्तै उनी वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका थिए।

आजै पर्साका अर्का एकजना १८ वर्षीया किशोरीमा पनि मृत्युपछि संक्रमण पुष्टि भएको छ। पोखरिया नगरपालिका निवासी उनको नेसनल मेडिकल कलेजमा भर्ना नगर्दै मृत्यु भएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस