Techie IT
×
गृहपृष्ठप्रदेश‘लुम्बिनी सिटी’ अस्पतालका कारण आमचिकित्सक, एम्बुलेन्स चालक र फार्मेसीकै बदनाम

‘लुम्बिनी सिटी’ अस्पतालका कारण आमचिकित्सक, एम्बुलेन्स चालक र फार्मेसीकै बदनाम


काठमाडौं । समयबद्ध साप्ताहिकले स्वास्थ्य क्षेत्र र अस्पतालहरुमा हुने विभिन्न खालका बिकृतिहरु एक/एक गरेर उजागर गर्न थालेपछि देशै भरिबाट हामीलाई स्वस्थ्य क्षेत्रमा भएका गडबडीका बारेमा सम्बन्धित निकायहरुबाट सूचनाहरु आउने क्रम जारी छ ।

समयबद्ध ‘फलोअप’

खासगरी रुपन्देहीको क्रिमशन अस्पतालबाट शुरु गरिएको बिकृती उजागर गर्ने हाम्रो यात्रा ललितपुरको ग्वार्कोमा अवस्थित बी एण्ड बी अस्पताल हुँदै बल्खुको बयोधा अस्पताल र बुटवलको लुम्बिनी सिटी अस्पतालसम्म पुग्दा हामीले उजागर गरेका भिन्न भिन्न अस्पतालहरुका बिकृतिहरु प्रमाणित हुँदै गएका छन् । केही अस्पतालहरुले आफुले नियतवश गरेका कमजोरीहरु स्वीकार्दै अब गल्ती नदोहोर्याउने बाचा पनि गरिसकेका छन् भने कतिपय सुधार गर्न तयार छन् । त्यसैगरी कतिपय अस्पतालहरु अझै पनि सरकारको नीति नियम अटेर गरेर बसिरहेका छन् । हामीले अस्पतालमा हुने बिकृती र त्यहाँ कार्यरत कर्मचारी, तथा स्वास्थ्यकर्मीहरुमाथि अस्पताल प्रशासनहरुले गर्दै आएको श्रमशोषणलाई पनि उजागर गरेका छौँ । मिडियाको कर्तव्य भनेकै जुनसुकै क्षेत्रबाट होस् आम नागरिक माथि हुने अन्याय, अत्याचारका बिरुद्ध सशक्त रुपमा कलम चलाउने नैं हो । अझ जनपक्षीय मिडियाको पहिलो कर्तव्य र चासो भनेको नै समाजका अनेकौँ बिकृती र बिसंगतीबिरुद्ध जेहाद छेड्ने हो ।

लुम्बिनी सिटी अस्पतालले आम नागरिक माथि गर्ने गरेको अत्याचारका साथै एम्बुलेन्स चालक र लुम्बिनी सिटी अस्पतालका डाक्टर सुदिपराज सिह र अस्पतालका फार्मेसी सञ्चालक बसन्त जिसीको मिलेमत्तो ‘सेटिङ’मा बिरामी लुट्ने र किनबेच गर्ने समाचार प्रकाशित गरेपछि लुम्बिनी सिटी अस्पतालका सुदिपराज सिह र फार्मेसी सञ्चालक बसन्त जिसी आफ्नो लुटको स्वर्ग भत्किने डरले अत्तालिन थाले

त्यसै सिलसिलामा यसपटक हामीलाई बुटवलमा अवस्थित लुम्बिनी सिटी अस्पताल लगायत अन्य अस्पतालका बारेमा थप समाचार प्राप्त भएका छन् । गत अंक बुटवलमा रहेको लुम्बिनी सिटी अस्पतालले आम नागरिक माथि गर्ने गरेको अत्याचारका साथै एम्बुलेन्स चालक र लुम्बिनी सिटी अस्पतालका डाक्टर सुदिपराज सिह र अस्पतालका फार्मेसी सञ्चालक बसन्त जिसीको मिलेमत्तो ‘सेटिङ’मा बिरामी लुट्ने र किनबेच गर्ने समाचार प्रकाशित गरेपछि लुम्बिनी सिटी अस्पतालका सुदिपराज सिह र फार्मेसी सञ्चालक बसन्त जिसी आफ्नो लुटको स्वर्ग भत्किने डरले अत्तालिन थालेको समाचार हामीलाई प्राप्त भएको छ ।

समयबद्धमा समाचार प्रकाशित भएपछि शुरुमा उनीहरुले यस्ता पत्रपत्रीकाले समाचार लेखेर आफुहरुलाई कुनै असर नपर्ने बताउँदै खुलमखुल्ला रुपमा बिरामीको खरिदबिक्रि गर्दै आएका थिए । तर केही दिनदेखि उनीहरु हच्किएको हाम्रा समाचादाताले जनाएका छन् । समाचारले व्यापक लोकप्रियता पाउँदै गएपछि र पाठकहरुले अस्पतालको गलत हर्कतका बिरुद्धमा निरन्तर ‘कमेन्ट’ ब्यक्त गर्दै औँला उठाउन थालेपछि उनीहरुको होस हवास ठिक ठाउँमा नभएको हाम्रा स्थानीय समाचारदाताले बताएका छन् ।

समाचर प्रकाशित भएपछि लुम्बिनी सिटी अस्पताल, चौराहमा रहेको चौराहा अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र मर्सिसिटी अस्पतालका बारेमा थप समाचारहरु प्राप्त भएका छन् । समाचार अनुसार केही दिन अघि लुम्बिनी सिटी अस्पतालमा उपचाररत प्रशुती बिमारी महिलाको उपचारको क्रममा मृत्यु भएपछि बिमारीका आफन्तले अस्पताल र डाक्टरको कमजोरीले बिरामीको मृत्यु भएको भन्दै आन्दोलनको तयारी गर्न थालेपछि मोटो रकम दिएर मिलाएको अस्पताल श्रोतले जनाएको छ ।

ती स्वास्थ्यकर्मीका अनुसार मर्सिसिटी अस्पतालमा रहेको फार्मेसी पनि लुम्बिनी सिटी अस्पतालका फार्मेसी सञ्चालक बसन्त जिसीको नै हो । मर्सिसिटी अस्पतालमा पनि बसन्त जिसीले बिमारीलाई लुम्बिनी सिटी अस्पतालमा जस्तै भर्ना भएका बिरामीलाई औषधिको बिल मात्रै दिने तर औषधि नदिने गरेको मर्सिसिटी अस्पतालमा भर्ना भएका एक बिरामीका कुरुवाले बताए । ‘स्टाफ भएको बेलामा त ठिकै हो साउजी नै भएको बेलामा धेरै सोधखोज गर्यो भने थर्काउछन्’, अर्का कुरुवाको कथन थियो ।

बिरामी किनबेचको जालो

बुटवल ठाउँका हिसाबले यति सुन्दर छ तर स्वास्थ्य क्षेत्रमा भने ठुलो बिकृती निम्त्याउँदै छ । हामीले अघिल्लो अंकमा एम्बुलेन्स चालकको बारेमा पनि केही तथ्य सार्वजनिक गरेपछि केही इमानदारीपूर्वक काम गर्ने एम्बुलेन्स चालकले हाम्रो कार्यलयमा फोन गरी हामीलाई यथार्थ समाचारको लागि धन्यवाद दिँदै ४/५ जना चालकका कारण बुटवल क्षेत्रमै एम्बुलेन्स चालकको बदनाम भएको बताए । उनीहरुका अनुसार इमानदारीपूर्वक काम गर्ने चालकलाई बाच्न निक्कै कठिन छ । ‘कहिलेकाहीँ त कमिसन नलिने एम्बुलेन्स चालकले ल्याउने बिमारीलाई अस्पतालले भर्ना नै गर्न मान्दैनन् भने डाक्टरले उपचार पनि गर्न मान्दैनन्’ एक एम्बुलेन्स चालकको नाम नछापिदने शर्तमा बताए । ‘कहिलेकाहीँ त अस्पताल खोज्दा खोज्दै बिरामीको मृत्यु नै हुन्छ’ उनको दुखेसो थियो ।

एम्बुलेन्स ‘सेटिङ’को जालो

गत अङ्कमा एम्बुलेन्स चालक कृष्ण सहनी र प्युठानका सुशील केसीको बिरामी बेच्ने कलङ्कित चालकका हिसाबमा दर्ज भएपछि अन्य चालकका हर्कतका बारेमा पनि हामीलाई सूचनाहरु प्राप्त भएका छन् । सुनवललाई कार्य क्षेत्र बनाएर एम्बुलेन्स चलाउने दीपज्योति एम्बुलेन्सका चालक सुजन थापाले लुम्बिनी सिटी अस्पताल, मर्सिसिटी अस्पताल र चौराहा अस्पताल, जसले बढी पैसा दिन्छन् त्याहाँ बिरामी लाने गरेका छन् ।

गत अङ्कमा एम्बुलेन्स चालक कृष्ण सहनी र प्युठानका सुशील केसीको बिरामी बेच्ने कलङ्कित चालकका हिसाबमा दर्ज भएपछि अन्य चालकका हर्कतका बारेमा पनि हामीलाई सूचनाहरु प्राप्त भएका छन् । सुनवललाई कार्य क्षेत्र बनाएर एम्बुलेन्स चलाउने दीपज्योति एम्बुलेन्सका चालक सुजन थापाले लुम्बिनी सिटी अस्पताल, मर्सिसिटी अस्पताल र चौराहा अस्पताल, जसले बढी पैसा दिन्छन् त्याहाँ बिरामी लाने गरेका छन् ।

बुटवलमा रहेको नेपाल जेसिसको एम्बुलेन्स चलाउने चालक बिष्णु भट्टराईको पहिलो रोजाईको अस्पताल मर्सिसिटी हो । यी दुबै चालकले बुटवलमा राम्रो पैस पाएनन् भने भारतको लखनउसम्म लगेर बिरामी बेच्दछन् । यसको तजविज पनि लुम्बिनी सिटी अस्पताल र मर्सिसिटी अस्पतालमा फार्मेसी सञ्चालन गर्ने बसन्त जिसीले नै मिलाउँछन् ।

धरौटी लिने भर्ना नगर्ने

बुटवलमा निजी मात्रै नभएर सरकारी अस्पतालको हालत पनि बेहाल देखिन्छ । लुम्बिनी प्रादेशिक अस्पतालमा एउटा घटना सेलाउन नपाउदै अर्को घटना घटेको छ । केही दिन अघि लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर सोम आलेले प्रादेशिक अस्पतालमा आएका बिमारीलाई आफुले काम गर्ने नीजि अस्पताल लुम्बिनी सिटी मा लग्ने र सर्जरी गराउने गरेको थाहा पाए पछि अस्पताल प्रशासनले आलेलाई गोप्य स्पष्टीकरण सोधेको थियो । आइन्दा यसो गरेमा कार्वाही हुने चेतावनी गोप्य रुपमा दिए पनि अहिले यो घटना बुटवलभर भुसको आगो झँै भित्रभित्रै फैलिरहेको छ ।

यो घटना सेलाउन नपाउँदै प्रादेशिक अस्पतालमा अर्को घटना घटेको छ । सैनामैनाबाट स्वासप्रस्वास र निमोनियाको समस्या भएर आएकी ७६ बर्षिया बृद्धाले धरौटी रकम तिरेर पनि भर्ना पाइनन् । प्रादेशिक अस्पतालका डाक्टर नन्दु पाठकले भर्ना गरेर उपाचार गर्नु भनेर लेखिदिएपछि धरौटी रकम तिरेपनि उनले भर्ना पाइनन् ।समयबद्ध  साप्ताहिकबाट

यो पनि पढ्नुहोस्,

बुटवलको लुम्बिनी सीटी अस्पतालमा यसरी हुन्छ बिरामीको खरिद बिक्रि…

 


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, स्वास्थ्य
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस