Techie IT
×
गृहपृष्ठप्रदेशमेलम्चीको पहिरोमा बेपत्ता भएका आठ जनाको शव निकालियो

मेलम्चीको पहिरोमा बेपत्ता भएका आठ जनाको शव निकालियो


सिन्धुपाल्चोक, १९ साउन । गएराति दुई बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या दश पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए।

पहिरोको कारण मेलम्ची बजारमा निर्माण हुँदै गरेको कभर्ड हलमा काम गर्ने मजदुर बेपत्ता भएका थिए ।
त्यस्तै, बाह्रबिसे नगरपालिका २, कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङ भिरमा पहिरो आउँदा पाँच घर पूर्णरुपमा क्षति भएको स्थानीय रेशमबहादुर तामाङले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #landslide nepal, #पहिरो, #बाढी पहिरो


प्रतिक्रिया दिनुहोस