Techie IT
×
गृहपृष्ठप्रदेशसभामुख सापकोटाको गाडी चालकलाई कोरोना संक्रमण

सभामुख सापकोटाको गाडी चालकलाई कोरोना संक्रमण


काठमाडौं, १७ साउन । संघीय संसदका सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।

शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएको छ र, साँझसम्म रिपोर्ट आउने बताइएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, स्वास्थ्य
ट्याग : #breaking, #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस