गुल्मीमा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु
गुल्मी, १६ साउन । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।
शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोका कारण बिना माझी उनका २ छोरा र एक छोरीको मृत्यु भएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए । घटना स्थलमा प्रहरी जाँदै गरेको र बिस्तृत बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
क्याटेगोरी :
प्रदेश,
लुम्बिनी प्रदेश
ट्याग : #breaking,
#hot,
#landslide,
#पहिरो,
#बाढी पहिरो