Techie IT
×
गृहपृष्ठप्रदेशकोरोनाबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

कोरोनाबाट वीरगञ्जमा थप एक जनाको मृत्यु


वीरगञ्ज, १६ साउन । कोरोना संक्रमणबाट वीरगञ्जमा एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनी मुटुको बिरामी भएको जनाइएको छ ।

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस