Techie IT
×
गृहपृष्ठप्रदेशकर्णालीमा पानीको सतहले खतराको तह पार गर्ने जोखिम

कर्णालीमा पानीको सतहले खतराको तह पार गर्ने जोखिम


बर्दिया, १४ साउन । कर्णालीमा पानीको सतहले खतराको तह पार गर्ने जोखिम बढेको छ ।
बर्दियामा नदी आसपासका बासिन्दालाई सुरक्षित भएर बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । अहिले त्यहाँ पानीको सतह ९ दशमलव ३ मिटर पुगेको र १० पुगेपछि खतराको तह पार हुने भएकाले सावधानी अपनाउन प्रमुख जिल्ला अधिकार लिलाधर अधिकारीले आग्रह गरे ।

यस्तै ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ७ बठनपुरलगायतका ठाउँका डुबान भएपछि अहिले उद्धारको काम चलिरहेको छ ।
अरु नदी खोलामा पनि बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, कन्काई, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबइसहितका अरु नदी खोलामा अबको तीन दिन बाढीको जोखिम छ ।


क्याटेगोरी : प्रदेश, सुदूरपश्चिम प्रदेश
ट्याग : #flood, #hot, #बाढी, #बाढी पहिरो


तपाईको प्रतिक्रिया दिनुहोस