Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

जाजरकोटमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ७ को अवस्था गम्भीर


जाजरकोट, १२ साउन । जिल्लाको कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ ।

उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउनेको स्वस्थ्य अवस्था गम्भीर भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।

घरपरिवारका सबैले एकै समय च्याउ खाएका थिए । बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश, कर्णाली प्रदेश, स्वास्थ्य
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट