Techie IT
×
गृहपृष्ठप्रदेशमापदण्ड पालना नगर्ने गाडीलाई ट्राफिक प्रहरीद्वारा कारबाही

मापदण्ड पालना नगर्ने गाडीलाई ट्राफिक प्रहरीद्वारा कारबाही


काठमाण्डौ, ४ साउन । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी धेरै यात्रु बोकेका सार्वजनिक गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा स्वास्थ्य मापदण्ड नअपनाई चलेका ३० वटा गाडीलाई हिजो कारबाही गरेको हो । कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेका बेला तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी चलेका सार्वजनिक गाडीको विशेष जाँच गर्दा कारबाहीमा परेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

दिनभर नियन्त्रण लिएर आउँदा दिनमा गल्ती नगर्ने शर्तमा छाडिएको र अर्को पटक पनि गल्ती गरेको भेटिए थप कारबाही गरिने उनले बताए । सार्वजनिक गाडी चढ्ने सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पञ्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशतभन्दा बढी भाडा लिन पाउने व्यवस्था छ ।

तोकिएको व्यवस्थालाई दुरुस्त पालना गराउनको लागि ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस