Techie IT
×
गृहपृष्ठप्रदेशसुनसरीमा प्रहरीमाथि गोली प्रहार गर्ने दुई जना पक्राउ

सुनसरीमा प्रहरीमाथि गोली प्रहार गर्ने दुई जना पक्राउ


मोरङ, २ साउन । सुनसरीको देवानञ्ज गाउँपालिका–३ पानीट्याङकीमा प्रहरीमाथि गोली प्रहार गर्ने दुई जना पक्राउ परेका छन् ।

स्वचालित पेस्तोल सहित २ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय राजेश यादव रहेका छन् ।

गस्तीमा रहेको प्रहरी टोलीले ३ जना भारतीय नागरिकसहित २ वटा मोटरसाइकलमा आएका ५ जनाको समूहलाई रोकेर जाँच गर्ने क्रममा प्रहरी टोलीलाई लक्षित गरी फायर गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले जवाफी फायर गर्दा दुई जना घाईते भएका तथा अरु ३ जना भारततर्फ नै फरार भएका प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता दिपक पोखरेलले जानकारी दिए।

घटनास्थलबाट प्रहरीले अमेरिकन स्वचालित पेस्तोल १ थान, त्यो पेस्तोलमा लाग्ने गोली ६ राउण्ड र म्यागजिन २ थान तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल १ थान र अनटेष्ट लेखिएको मोटरसाईकल बरामद गरेको छ ।

घाईते भएका दुवैजनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताए ।


क्याटेगोरी : प्रदेश, प्रदेश १
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस