Techie IT
×
गृहपृष्ठप्रदेशमेलम्चीमा बेपत्ताको खोजीमा परिचालित गोताखोरको डुंगा पल्टियो

मेलम्चीमा बेपत्ताको खोजीमा परिचालित गोताखोरको डुंगा पल्टियो


काठमाडौं, १ साउन । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुट्दा बेपत्ता भएकाको खोजीमा गएको गोताखोरको डुंगा पल्टिएको छ ।

आज बिहान इन्द्रावतीमा हराइरहेकाको खोजी गर्ने क्रममा सशस्त्रका प्रहरी निरीक्षकसहित ७ जना रहेको डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए । उनीहरु सबैको सकुशुल उद्धार गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाकोे सुरुङ परीक्षणका क्रममा अस्ति एक्कासी गेट खुल्दा इञ्जिनियर सतिश गोहित र चालक राधाकृष्ण थापामगर सम्पर्कबिहीन भएकामा गोहितको शव हिजो भेटिएको थियो ।

थापामगरको अवस्था भने अझै थाहा हुन सकेको छैन । अहिले पनि उनको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस