गृहपृष्ठ ∕
प्रदेश ∕
बाढीले पुर्याएको क्षति अवलोकन गर्न प्रचण्ड चितवनमा (तस्बिरसहित)
बाढीले पुर्याएको क्षति अवलोकन गर्न प्रचण्ड चितवनमा (तस्बिरसहित)
चितवन, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहान चितवन पुगेका छन् । भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले तटबन्धनको काम प्रभावकारी तरिकाले गर्न निर्देशन दिए ।
सो क्षेत्रमा नदीले ४ मिटर कटान गरिसकेको छ भने तटबन्ध निर्माणको कार्य पनि भइरहेको छ । तटबन्ध निर्माणमा खटिरहेका नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय युवाहरुको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । अवलोकनमा प्रदेश सांसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

क्याटेगोरी :
प्रदेश,
बाग्मती प्रदेश,
राजनीति