Techie IT
×
गृहपृष्ठप्रदेशयोग शिविरको नाममा जनकपुरको गुठ्ठी जग्गा अतिक्रमण गरी टहरा निर्माण, भत्काइदिए बृजकुमारले

योग शिविरको नाममा जनकपुरको गुठ्ठी जग्गा अतिक्रमण गरी टहरा निर्माण, भत्काइदिए बृजकुमारले


जनकपुर, २७ असार । योग शिविरको नाममा गुठ्ठीको जग्गा अतिक्रमण गरी बनाईएको टहरा एक समुहले भत्काएको छ । जनकपुरधाम उप–महानगरपालिका ८ स्थित बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदको अगाडी रहेको गुठीको जग्गा लिजमा लिई बनाईएको योग शिविरको टहरा तथा पर्खाल भत्काएको छ ।

कपाल मोचनी सर स्थित गुठ्ठीको जग्गा अतिक्रमण गरी बसेका दजर्नौ घरपरिवारलाई खाली गराई पुनः योग शिविरको नाममा कब्जा गरिएको अतिक्रमित जग्गा नीजि व्यक्तिले भौतिक संरचना भत्काई अतिक्रमण गरेको छ । तत्कालिन बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदका अध्यक्ष रामकुमार शर्माले पोखरी अतिक्रमित मुक्त अभियान चलाएर खाली गराएको जग्गामा पुनः अतिक्रमित भएको थियो । सोही जग्गामा हाल दुईपक्षीय विवाद भई राजर्षिजनक पतञ्जली योग साधना केन्द्रको टहरा अतिक्रमण निजी जग्गा धनी बृजकुमार यादवले भत्काएका छन् ।

जनकपुर टुडे मिडिया ग्रुपका सञ्चालक बृजकुमार यादवले हालै खरिद गरेको निजी जग्गाको बाटोको लागि अतिक्रमण गरेको योग शिविर जनकपुरधाम नगरका अध्यक्ष विमल पण्डितले आरोप लगाए ।

बाटो नै नभएको जग्गा सस्तो भाउ खरिद गरी घर निर्माणको नाममा बलजफ्ती कसैसंग सरसल्लाह नै नगरी बिबिसी नेपाली सेवाको रिपोर्टर समेत रहेको नाममा बृजकुमार यादवले योग शिविर नै अतिक्रमण गरेको आरोप केन्द्रका प्रतिनिधी वीरेन्द्र कुमार यादवले लगाए ।

उनले गुठी संस्थाको काठमाण्डौँ स्थित केन्द्रिय कार्यालय र जनकपुरधाम स्थित कार्यालयसंग अनुमती लिई योग शिविर निर्माण गरेको र वार्षिक रुपमा सो जग्गा वापतको कर समेत भुक्तानी गर्दै आएको बताउदैँ उनले भने– पत्रकारीताको आडमा जे पनि गर्न पाईन्छ र ? यो त गुण्डागर्दी हो, हामीसंग सरसल्लाह वा कुनै किसिमको जानकारी नै नगराई योग शिविरको मुल ढोका नै तोडी टहरा भत्काउने खोजेको छ ।


क्याटेगोरी : प्रदेश, मधेस प्रदेश
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस