Techie IT
×
गृहपृष्ठप्रदेशभक्तपुरकी बालिकालाई कोरोना संक्रमणपछि शिक्षण अस्पताल पठाइयो

भक्तपुरकी बालिकालाई कोरोना संक्रमणपछि शिक्षण अस्पताल पठाइयो


भक्तपुर, १४ असार । मध्यपुरथिमि नगरपालिका ९ बोडे निलबाराहीकी ४ वर्षीया बालिकालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

बालिकालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल पठाएको र बालिकाको ६ जना परिवारलाई घरमै क्वरेण्टीनमा राखिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

पाँच दिनअघि बालिकालाई एपेन्डिसाइटिस भएपछि उपचारका लागि काठमाण्डौ मेडिकल कलेज (केएमसी) सिनामङ्गल लगेपछि उनको स्वाब संकलन गरिएको थियो । चिकित्सकले एपेन्डिसाइटिस शल्यक्रिया गर्नु नपर्ने भन्दै औषधि दिएर पठाएको परिवारले बताएका छन् ।

बालिकाको पीसीआर रिपोर्ट शनिबार पोजिटिभ आएपछि उपचारका लागि पाटन अस्पताल लगे पनि बच्चाको वार्ड नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । नगर प्रमुख श्रेष्ठकाअनुसार सङ्क्रमित बालिकालाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने पुष्टि भएको छैन । परिवार अन्त कतै सम्पर्कमा नगएको बताएका छन् । उनीहरुको एक हप्ताभित्र पीसीआर परीक्षण गरिने भएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, स्वास्थ्य
ट्याग : #Corona, #hot


प्रतिक्रिया दिनुहोस