Techie IT
×
गृहपृष्ठप्रदेशभरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु


चितवन, १३ असार । कोरोना पोजिटिभ भएका एक जना पुरुषको शनिबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको छ । पश्चिम नेपाल कैलालीको गोदावरी नगरपालिका(७ का ५० वर्षीय पुरुषको बिहान ७ बजे भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हो ।

उनीफोक्सोको क्यान्सरका बिरामी भएको भरतपुर अस्पतालका सूचना अधिकृत लिलाधर पौडेलले जानकारी दिए ।

शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दैगएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आइसीयूमा सारिएको थियो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र उपचारमा अथक प्रयास गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि राति १० बजे नै भरतपुर अस्पताल सारिएको थियो ।

यसअघि भरतपुर महानगरपालिका वडा नं। ११ का ६८ वर्षीय वृद्धको जेठ २७ गते कोरोना सङ्क्रमितपछि मृत्यु भएको थियो ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस