Techie IT
×
गृहपृष्ठप्रदेशविप्लव समूहका विद्यार्थी नेता ललितपुरबाट पक्राउ

विप्लव समूहका विद्यार्थी नेता ललितपुरबाट पक्राउ


काठमाडौं, १२ असार । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष निगम भनिने नरेन्द्रबहादुर भण्डारी छन् । उनलाई बालकुमारी क्षेत्रबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार उनी विप्लव समूहका पर्चा टाँस्ने, समूहमा आबद्ध हुनुपर्छ भनेर स्थानीयलाई डर, त्रास देखाएर आतंकित बनाउने जस्ता कार्यमा उनी संलग्न थिए । उनका बारेमा थप अनुसन्धान भइरहेको जनाईएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस