Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशमकैबारीमा हेलिकप्टर अवतरण गरी गर्भवतीको उद्धार

मकैबारीमा हेलिकप्टर अवतरण गरी गर्भवतीको उद्धार


अछाम, १२ असार । तुर्माखाद गाउँपालिकाको भैरवस्थानमा हेलिकप्टर बस्ने ठाउँ नहुँदा मकैबारीमा हेलिकप्टर अवतरण गरी गर्भवती महिलाको उद्धार गरिएको छ ।

१८ वर्षीया मनिषा उखेडालाई शुक्रबार उद्धार गरिएको हो । मनिषालाई सुत्केरी हुन समस्या भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर उनलाई उद्धार गर्न आएको हो ।

अहिले उनलाई उद्धार गरी सुर्खेत लगिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।


क्याटेगोरी : प्रदेश, कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस