Techie IT
×
गृहपृष्ठप्रदेशकाभ्रेमा बोधिचित्व लुटपाट गर्न गएको हतियारधारी समूहसँग झडप, ५ जना घाइते

काभ्रेमा बोधिचित्व लुटपाट गर्न गएको हतियारधारी समूहसँग झडप, ५ जना घाइते


काभ्रेपलाञ्चोक, १२ असार । काभ्रेको रोशी गाउँपालिकामा हतियारधारी समूहसँगको झडपमा ५ जना घाइते भएका छन् ।

बोधिचित्त लुटपाट गर्न गएका समूहसँग झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले जनाएको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । गएराति हतियारधारी समूह बोधिचित्त लुटपाट गर्न गएको सूचना आएपछि प्रहरी गाउँमा पुग्दा हतियारधारी समूह भागिसकेको प्रहरीको भनाइ छ ।

त्यस क्रममा प्रहरीले गोली पनि चलाएको थियो । हतियारधारी समूहले बाटोमा बम जस्तो वस्तु राखेको र त्यो अहिले हटाइसकिएको पनि प्रहरीले जनाएको छ । मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको र उनीहरुको खोजी भैरहेको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस