Techie IT
×
गृहपृष्ठप्रदेशहेटौँडामा कोरोनाबाट मृत्यु भएमा ३ लाख

हेटौँडामा कोरोनाबाट मृत्यु भएमा ३ लाख


हेटौँडा, १० असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएको अवस्थामा मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले राहत स्वरुप तीन लाख रुपैयाँ राहत दिने भएको छ ।

उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर मिना लामाले कोरोना पीडित परिवारलाई यो रकम राहत हुने गरी बजेट ल्याएको बताइन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पर्यटन प्रर्वद्धनको लागि भ्यु टावर तथा टोनी हेन पार्क निर्माण गरिने भएको छ । आज हेटौँडामा भएको नगरसभामा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनको लागि हेटौँडाको टिसिएन चौरमा टोनी हेगन पार्क तथा हेटौँडा उपमहानगरपालिका १४ को ड्राइभर डाँडामा भ्यु टावर निर्माण गरिने भएको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका ८ मा रहेको चन्द्रोदय मावि परिसरमा रहेको खेल मैदानमा एक वर्षभित्रै प्याराफिटसहितको खेलकुद मैदान निर्माण हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाको २०७७र०७८ को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपमेयर लामाले प्रदेश सरकारको सहकार्यमा प्याराफिटसहितको खेल मैदान निर्माण हुने बताउनुभयो । खेल मैदान निर्माणको लागि दुई करोड ५० लाख रुपैयाँ विनयोजन गरिएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकासको लागि दुई करोड ३५ लाख, कोरोना उपचार कोषको लागि दुई करोड ५० लाख, शहरी स्वास्थ्य केन्द्रको लागि एक करोड ८५ लाख रुपैयाँ विनियोजन भएको छ । सामुदायिक विद्यालयका छात्राहरुको लागि निःशुल्क सेनेटरी प्याड वितरणको लागि एक करोड तीन लाख रुपैयाँ विनियोजन भएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, स्वास्थ्य
ट्याग : #Corona, #hot

प्रतिक्रिया दिनुहोस